अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १६ : १६
अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौ ।  मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ ।

अष्ट्रेलियाको तास्मानिया टापुमा मोटरसाइकल सिक्ने क्रममा ललितपुर स्थायी घर भएका सशान्त सिग्देल रहेका गैर आवासीय नेपाली संघलाई उद्धृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने अनलाइन समाचार पोर्टल नेपालट्युबले जनाएको छ ।तास्मानियाको लन्चेस्टरमा मोटरसाइकल लाइसेन्सको परीक्षाको तयारी गर्ने क्रममा उनको मोटरसाइकल कारसँग ठोक्किएको जनाइएको छ ।

उनी सन् २०१८ मा मेलबर्नको फेडेरेसन विश्वविद्यालयमा लेखा पढ्न अष्ट्रेलिया पुगेका थिए ।उनी गैर आवसीय नेपाली संघ तास्मानियाले घटना प्रति दुःख व्यक्त गर्दै परिवार एवम् आफन्त प्रति समवेदना प्रकट गरेको छ ।मृतकको शव नेपाल फर्काउने वा अष्ट्रेलियामै अन्तिम संस्कार गर्नेबारे परिवारसँग सल्लाह भइरहेको नेपालट्युबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस