राप्रपाका दुई प्रदेश अध्यक्ष मनोनित

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १५ : २९
राप्रपाका दुई प्रदेश अध्यक्ष मनोनित

काठमाडौ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई प्रदेशमा पार्टी अध्यक्ष चयन गरेका छन् । अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रुपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।

राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस