जुनुलाई १२ लाखको घर हस्तान्तरण

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १४ : २५
जुनुलाई १२ लाखको घर हस्तान्तरण

काठमाडौ ।  पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ ।शारीरिक अपाङ्गता भएकी उनका लागि एक तले पक्की घर निर्माण गरिएको हो । जुनु विवाहिता हुन् । जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै खुट्टा छैनन् । २७ वर्षीया उनको ५ र ३ वर्षका दुई छोरी छन् ।

ओयाम बजारमै निर्माण गरिएको घर जुनुलाई शुक्रबार हस्तान्तरण गरिएको किरात याक्थुङ चुम्लुङका पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङले जानकारी दिए । घरका लागि ओयाम समाज युकेले ६ लाख रूपैयाँमा चार आना जग्गा खरिद गरिदिएको थियो ।उक्त जग्गामा घर निर्माण गर्न फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु ९बेघा० राई सहयोग अभियानले बाँकी ६ लाख रूपैयाँ संकलन गरेको हो ।

घरका लागि सहयोग संकलनको संयोजन गर्ने ग्रिन एन्ड क्लिन आवर पाँचथरकी सदस्य पुनम नेम्बाङले जुनुको कष्टकर जीवनलाई सहज बनाउन घर निर्माण गरिएको बताइन् । घर पाएपछि जुनु पनि खुसी छिन् ।  

प्रतिक्रिया दिनुहोस