मुक्तिनाथ विकास बैंकद्वारा आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १३ : ५७
मुक्तिनाथ विकास बैंकद्वारा आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ। यसै अवसरमा बैंकले आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न काभ्रेस्थित काठमाडौँ विश्वविद्यालय हाईस्कूललाई सहयोग गरेको छ।

काठमाडौँ विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु आईयू क्युबस्याटस् स्याटेलाइट निर्माणमा जुटेका छन्। सो स्याटेलाइट निर्माण पूरा गरी सन् २०२३ मा अन्तरिक्षमा पठाउने लक्ष्य राखिएको छ।

बैंकले काठमाडौँ विश्वविद्यालय हाईस्कूललाई यसै आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न आवश्यक खर्चको प्रबन्ध गर्न एक कार्यक्रमबीच सहयोग रुकम रु ७५ हजारको (चेक) हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा बैंकका तर्फबाट बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभागका प्रमुख बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा काठमाडौँ विश्वविद्यालय हाईस्कूलको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो।

बैंकको सहयोगबाट आईयू क्युबस्याटस् स्याटेलाइट निर्माण गर्न जुटेका सबै विद्यार्थीहरु र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीहरुलाई समेत विज्ञान विषयप्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने विश्वास बैंकले लिएको छ। 

प्रतिक्रिया दिनुहोस