भारतकाे जयनगरबाट जनकपुरतर्फ गुड्यो नेपाली रेल

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १३ : ३९
भारतकाे जयनगरबाट जनकपुरतर्फ गुड्यो नेपाली रेल

 जनकपुर–जयनगर रेलसेवा सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलसेवाको शनिबार भर्चुअल उद्घाटन गरेका हुन्।भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीले नयाँदिल्लीबाट रिमोट थिचेर रेलसेवाको शनिबार दिउँसो उद्घाटन गरेका हुन्।

दुई प्रधानमन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि भारतको जयनगरदेखि नेपालको जनकपुरधामको कुर्थासम्म चल्ने रेल सेवा सुरु भएको छ।अब आइतबारदेखि दिनहुँ दुई पटक रेल सञ्चालन हुनेछ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटर रेल्वे सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस