निफको पाँचौँ संस्करण सुरु, ३८ देशका ८९ फिल्म देखाइँदै

सफल खबर संवाददाता

शुक्रबार, १८ चैत्र २०७८, १४ : २०
निफको पाँचौँ संस्करण सुरु, ३८ देशका ८९ फिल्म देखाइँदै

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल९निफ०को पाँचौँ संस्करण सुरु भएको छ। बिहीबार राजधानीको सभागृहमा औपचारिक रूपमा उद्घाटन गर्दै महोत्सव सुरु भएको हो। 

उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, युरोपेली युनियनकी राजदूत नोना डेप्रोज, फिल्मकर्मी सुदीप्तो आचार्य र महोत्सवका अध्यक्ष केपी पाठकको विशेष उपस्थिति रहेको थियो। 

महोत्सवको पहिलो दिन उद्घाटन समारोहका साथै पुरु लम्सालद्वारा निर्देशित वृत्तचित्र गोरु पर्व प्रदर्शन गरिएको थियो। उक्त वृत्तचित्र नुवाकोटको तारुका गाउँमा हरेक वर्ष आयोजना हुने गोरु जधाइमा आधारित रहेको थियो। चैत २१ सम्म चल्ने महोत्सवमा ३९ देशका लामा, छोटा र वृत्तचित्र गरी ८९ फिल्म प्रदर्शन हुनेछन्। ५५ देशबाट प्राप्त भएका चार सयभन्दा बढी फिल्मबाट ८९ फिल्म छनोट गरिएको हो। महोत्सवमा नेपालका ४ वटा फिचर फिल्म चिसो एष्ट्रे, महानगर, घरजम र साइना प्रदर्शन हुनेछन्। 

महोत्सवको दोसे दिन दुईवटा फिचर फिल्म घरजम९नेपाल० र गंगम गर्ल्स९भुटान०का साथै दशवटा वृत्तचित्र तथा छोटा फिल्म प्रदर्शन हुनेछन्। भने नेपाली फिल्मको भविष्यको नक्सा र नेपाली फिल्ममा नयाँ प्रतिभा गरी दुईवटा बहस कार्यक्रम रहेका छन्। हरेक वर्ष आयोजना हुने निफको पछिल्ला दुईवटा संस्करण भर्चुअल रूपमा गरिएको थियो। को तर्फको भागमा ठेक्का लाग्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस