निर्वाचनमा सत्ता साझेदार दलका बीचमा सहमति हुन्छ : प्रेम आले

रासस

शुक्रबार, १८ चैत्र २०७८, १२ : ०६
निर्वाचनमा सत्ता साझेदार दलका बीचमा सहमति हुन्छ :  प्रेम आले

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिए ।
    
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताए ।

उनले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अतिक्रमणका लागि मात्र  रु १६ अर्ब विनियोजन भएको जानकारी दिए । एक प्रश्नको जवाफमा मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन  र  लगेज बेल्टको लागि  बजेट विनियोजन  गरेको बताए । उनले  विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिए ।

messenger sharing button

प्रतिक्रिया दिनुहोस