काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले बुँदागत रूपमा १४ भावी कार्य योजना सार्वजनिक गरेको छ। शुक्रबार महासंघको १० औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ सचिवालयले पत्रकार सम्मेलन गरी भावी कार्य योजना सार्वजनिक गरेको हो।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले आदिवासी जनजातिको उत्थान,सशक्तीकरण तथा आफ्नो मौलिक भाषा,धर्म,संस्कार संस्कृतिको संरक्षण र प्रवर्धनका लागि विशेष कार्ययोजनालगायत अन्य भावी कार्य योजना घोषणा गरे।महासंघले चितवनको माडी नगरपालिका वडा-९ कुसुमखोलामा बस्दै आएका चेपाङ समुदायको बस्तीमा चितवन राष्ट्रिय निकुञ्जले घर जलाएको भन्दै क्षतिपूर्तिसहित उनीहरुलाई तत्काल राज्यले घरबासको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।
चैत्र ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा २१ सदस्यीय संघीय परिषद् सचिवालय निर्वाचित गरेको छ। अध्यक्ष शेर्पाले यी घोषणा गरिएको भावी कार्य योजना पारदर्शीका साथ कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, १२ : ००
लेखकबाट थप