काठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै स्थानीयले तीनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन्।स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिपरहरूलाई तीनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ।
यस्तै बल्खु पुलबाट सुन्दरीघाट जाने सडकमा ग्याभ्रेलिङको काम भइरहेका कारण उक्त स्थानमा सञ्चालन हुने सवारीसाधन प्रभावित भएका छन्।ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने आउने सवारीसाधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–इमाडोल—ग्वार्को हुँदै सञ्चालन गरिएको छ।
उक्त स्थानमा सडक मर्मतका कारण सवारीसाधनलाई डाइभर्सन गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, ११ : २८
लेखकबाट थप