टेलिकमको एमडी नियुक्तिका लागि ९ उम्मेदवारको सूची सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १४ : ५५
टेलिकमको एमडी नियुक्तिका लागि ९ उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं  ।  नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्त गर्न सरकारले ९ जनाको सूची सार्वजनिक गरेको छ ।सर्वोच्च अदालतले बुधवार एमडी नियुक्तिको विषयमा परेको रिट खारेज गरेसँगै सरकारले उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
टेलिकमको एमडीका लागि सूचना तथा सञ्चार मन्त्रालयले मंसिर २२ गते नै ८ जना योग्य उम्मेदवार सार्वजनिक गरेको भए पनि अदालतमा परेको मुद्दाका कारण नियुक्ति प्रक्रिया रोकिएको थियो ।छनोट भएका ८ जना उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मितिपछि तोकिने गरी विहीवार नाम सार्वजनिक गरिएको छ । 

टेलिकमको एमडीका लागि अर्जुजबाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपकबहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय, बुद्धिप्रसाद आचार्य, सुनिल पौडेल, सुरजसिंह थापा र संगीता पहाडी अर्यालको दरखास्त स्वीकृत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस