काठमाडौं । विगत ५ दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतवार ५५ लाख रुपैयाँसहित २ युवक पक्राउ परेका थिए भने बिहीवार ८ लाख रुपैयाँसहित थप १ युवक पक्राउ परे ।
जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतवार दिउँसो स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए ।
ज९प ८२४७ नम्बरको मोटरसाइकलमा बसेर कालो झोलामा ५५ लाख रुपैयाँ बोकी गइरहेको अवस्थामा प्रहरीले शंका लागेर जाँच गर्दा उनीहरू पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरूलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।
भारतबाट स्रोत नखुलेको करीब ८ लाख रुपैयाँसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई बुधवार राति प्रहरीले पक्राउ गरेको थियो । भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरी चौकी नजिक आउँदै गरेका उनीमाथि शंका लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको ७ लाख ९१ हजार बरामद गरेको थियो ।
पक्राउ परेका दासलाई बुधवार राति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा लगिएकामा कार्यालय बन्द भएकाले बिहीवार बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, १४ : ०९
लेखकबाट थप