रेश्मा पुन मगरकाे ‘शिरकाे फूल’ गीत सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १३ : ५१
रेश्मा पुन मगरकाे ‘शिरकाे फूल’ गीत सार्वजनिक

काठमाडाैँ । चलचित्र कबड्डी ४ को ‘केशरी’ बोलको कभर गीतपछि चर्चामा रहेकी गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ।हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर समुदायमा प्रचलित कौडा गीत हो। गीतको बोल ‘शिरको फूल’ रहेको छ।

गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रियाहरु पाएको रेश्मा बताउँछिन्। श्रोता तथा दर्शकको मायाले आफूलाई हौसला मिलेको उनको भनाइ छ।गीतमा लेखु सहयात्रीकाे शब्द र करणराज कार्कीको संगीत रहेको छ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगरलाई फिचर्ड गरिएको छ।

प्रतिक्रिया दिनुहोस