लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १३ : ४५
लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौं  ।  लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न भएकाे छ।सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आईसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेका हुन्।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने छ।यो सम्झौतालाई दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालनलगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस