सर्लाही । सर्लाहीको लाबन्दीमा कार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा परेको थियो ।
दुर्घटनामा कार चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी(२, का अन्दाजी २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कानबाट रगत बगेको अवस्थामा तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पुर्याइएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो । मृतक यादवको सव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ ।
दुर्घटनामा कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी(२, का अतुल कुमार, उमेश भनिने दिव्यान्स यादव, प्रिन्सराज राजपुत, बजरंगी भनिने सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव घाइते भएका छन् ।
उनीहरुको पनि लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडकबाट १० फिट तल गएर पल्टिएको थियो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
पर्वतमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु