मेसिनको सफाइ गर्न पशुपति बिस्कुटको उत्पादन बन्द

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १५ : ३७
मेसिनको सफाइ गर्न पशुपति बिस्कुटको उत्पादन बन्द

 सुनसरीको दुहबीमा संचालित पशुपति बिस्कुट इण्डस्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ। औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो। 

बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइका लागि १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिएका छन्। यद्यपि केही सञ्चारमाध्यमहरुमा पशुपति बिस्कुट इण्डस्ट्रिज प्रालि बन्द भएको भन्ने आशयबाट समाचार सम्प्रेषण भएकोमा त्यस्ता समाचारमा सत्यता नभएको बास्तोलाले उल्लेख गरेका छन्। 

'केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो। ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको प्रष्ट पार्न चाहन्छौं,’ बास्तोलाले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्। 

प्रतिक्रिया दिनुहोस