‘आरआरआर’ले पाँच दिनमै कमायो ६ सय करोड

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १५ : २७
‘आरआरआर’ले पाँच दिनमै कमायो ६ सय करोड

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले प्रदर्शन भएको पाँच दिनभित्रै ६ सय करोड भारतीय रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ। गत शुक्रबार प्रदर्शनमा आएको फिल्मले मंगलबरसम्मको प्रदर्शनबाट ६ सय २१ करोड ४२ लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ।

फिल्मले पहिलो दिनमा विश्वव्यापी रुपमा २ सय ५७ करोड १५ लाख भारतीय रुपैयाँको व्यापारसहित बम्पर ओपनिङ गरेको थियो। त्यस्तै, दोस्रो दिन १ सय १४ करोड ३८ लाख भारतीय रुपैयाँ, तेस्रो दिन १ सय १८ करोड ६३ लाख भारतीय रुपैयाँ, चौथो दिन ७२ करोड ८० लाख भारतीय रुपैयाँ र पाँचौ दिन ५८ करोड ४६ लाख भारतीय रुपैयाँ फिल्मले पाँच दिनमा ६ सय २१ करोड ४२ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ।

एसएस राजामौलीको निर्देशनमा बनेको यो फिल्म संसारभर नै छोटो समयमा धेरै आम्दानी फिल्ममा परेको छ। १९२० को भारतीय स्वतन्त्रताको लडाईंको कथालाई समेटिएको फिल्ममा जुनियर एनटिआर, राम चरण, अजय देवगण र आलिया भट्टलगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस