राजस्व छल्न घरमै पैसा, भारतीय नागरिकविरुद्ध ७ करोडको मुद्दा दायर

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १५ : १९
राजस्व छल्न घरमै पैसा, भारतीय नागरिकविरुद्ध ७ करोडको मुद्दा दायर

काठमाडौं ।  राजस्व अनुसन्धान विभागले कर छल्नका लागि घरमै पैसा राखेका एक भारतीय नागरिकविरुद्ध ३ करोड ८० लाख ३१ हजार ८ सय ५१ रुपैयाँको राजश्व चुहावटको मुद्दा दायर गरेको छ। विभागले उच्च अदालत पाटनमा बुधबार मुद्दा दायर गरेको हो। 

विभागले भारत पश्चिम बंगाल, सिलगुरी स्थायी निवास भएका अमितकुमार अग्रवालविरुद्ध राजश्व चुहावटको मुद्दामा विगो र जरिवानासहित ७ करोड ६० लाख ६३ हजार ७ सय ४ रुपैयाँ दाबी गरेका छ।अग्रवालले राजस्व चुहावट गर्ने मनसायले कानून बमोजिमको बिजक जारी नगरी सामान बिक्री गर्ने र त्यसबाट प्राप्त भएको आय आधिकारीक बिक्री आयमा समावेश नगरी ठूलो नगर घरमा नै राखेको अभियोगपत्रमा दाबी गरिएको छ।

ऐनलाई आयक ऐन अनुसार मूल्य अभिवृद्धी कर अन्तर्गत ३ करोड १७ हजार ९९, आयकर तर्फ ८० लाख १४ हजार ७ सय ५३ गरि ३ करोड ८०  लाख ३१  हजार ८ सय ५२  रुपैयाँ विगो विभागले दाबी गरेको छ। 

प्रतिक्रिया दिनुहोस