आजदेखि लोक दोहोरी प्रतियोगिता, विजेतालाई २ लाख २५ हजार पुरस्कार

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १२ : ४६
आजदेखि लोक दोहोरी प्रतियोगिता, विजेतालाई २ लाख २५ हजार पुरस्कार

काठमाडौं । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा आजदेखि काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता शुरु हुँदैछ। 

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा प्रतियोगिता हुन लागेको हो। चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका गरी ७० समुहले सहभागिता जनाउँदैछन्। प्रतियोगितामा पहिलो हुनेले २ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। 

यस्तै दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट दुई पुरुष र महिला कलाकारका साथै उत्कृष्ट भेषभुषा र अनुशासित समुहलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
 

 

प्रतिक्रिया दिनुहोस