दुई अर्ब लगानीमा सूर्यविनायकमा तरकारी बजार

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १२ : २५
दुई अर्ब लगानीमा सूर्यविनायकमा तरकारी बजार

काठमाडौं ।भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।  ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार सञ्चालन गरेका छन् ।

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार २०० कक्ष रहेका छन् ।
चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको हो  ।

किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । 


 

प्रतिक्रिया दिनुहोस