पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

एजेन्सी

मंगलबार, १५ चैत्र २०७८, १२ : ४५
पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

एजेन्सी । पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी-प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् ।

कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित रहेका थिए । भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग पास गराउन ८७ मत आवश्यक थियो।

प्रतिक्रिया दिनुहोस