बिम्सटेकमा सहभागी हुन परराष्ट्रमन्त्री श्रीलंकामा, बिहीबार फर्कने

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, ०८ : ४५
बिम्सटेकमा सहभागी हुन परराष्ट्रमन्त्री श्रीलंकामा, बिहीबार फर्कने

काठमाडौं ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खडका श्रीलंका पुगेका छन् ।

औपचारिक रुपमा बुधबारबाट सुरु हुने बिमेस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खडका कोलोम्बो पुगेका हुन् । 

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बाेधन गर्ने उक्त सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ ।

बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस