एजेन्सी । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।
“हिस्टोरिक समिट” का क्रममा उनिहरुका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नु भएको जनाइएको छ ।
उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जानु भएको थियो । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।घटनाका बारेमा उनले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ चैत्र २०७८, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी
शनिबार बिहानको आक्रमणमा इजरायलमा दुई जनाको मृत्यु
इजरायली आक्रमणबाट ७८ जना इरानीको मृत्यु, तीन सय बढी घाइते
हमासका गाजा प्रमुख मारिएको इजरायलको दाबी
विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु
सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध