एजेन्सी । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।
“हिस्टोरिक समिट” का क्रममा उनिहरुका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नु भएको जनाइएको छ ।
उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जानु भएको थियो । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।घटनाका बारेमा उनले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ चैत्र २०७८, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा