वर्लिन । युक्रेनमा मस्कोको आक्रमणबाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उदेश्य नरहेको जर्मनीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने’ एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको सो भनाई आएको हो ।
‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उदेश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको’, सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई भने । सोल्जले अगाडि थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल गर्ने मौका पाएको छु । हामीले यी प्रश्नहरू पनि छलफल गरेका छौँ,’ उनले थपे ।
लोकतन्त्र, स्वतन्त्रता र न्यायको जताततै भविष्य हुने उनले बताए । तर, स्वतन्त्रताको लागि लड्नु जनता र राष्ट्रहरूको लागि भएको उनको भनाई छ । युक्रेन हमलापछि रूसी राष्ट्रपति पुटिनलाई बाइडेनले ‘कसाई’ भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ चैत्र २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा
जर्मनीमा बद्रीप्रसाद पाण्डेले पाए उत्कृष्ट पर्यटन मन्त्रीको अवार्ड
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु