काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। आइतबार बिहान शीतल निवासमा पुगेर चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । उनले शनिबार साँझै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।
साथै आजै विदेशमन्त्री यीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ: राष्ट्रपति
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट