म्यादीका लागि जुम्लामा २२८५ जनाको आवेदन

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १९ : ३६
म्यादीका लागि जुम्लामा २२८५ जनाको आवेदन

काठमाडौं । जुम्लामा म्यादी प्रहरीको लागि खोलिएको आवेदनमा दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । स्थानीय तह निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादीको भर्ना आवेदन लिइएको थियो । 

सो अवधिमा म्यादीका लागि पाँच सय ३१ जना महिला र १७ सय ५४ जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने,‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो ।'

तर, यहाँ दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । उनका अनुसार म्यादी प्रहरी भर्ना लागी दरखास्त दिनेको घुइचो लागेको छ । २२ गतेभित्र म्यादीको अन्तिम नतिजा  निकाल्नु पर्ने छ । 

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले भने, 'छनोटको मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका नागरिकले दरखास्त दिन पाउने छन् ।'

आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुने प्रहरी जवान हस्तबहादुर बुढा मगरले बताए । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत सात हजार दुई सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको प्रहरी निरीक्षक युवन चौधरीले बताए ।

म्यादी प्रहरीको लागि जुम्लामा ५३ वर्ष उम्मेर सम्मका पुरुष र ३५ वर्षसम्मका महिलाले दरखास्त दिएको प्रहरी निरीक्षक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस