बारामा महिला माथि एसिड प्रहार

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, ०७ : ४५
बारामा महिला माथि एसिड प्रहार

काठमाडौं । बारामा २७ वर्षीय महिलामाथि एसिड प्रहार भएको छ । शुक्रबार राति ८ बजेतिर पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना भएकी सीता पटेलमाथि एसिड प्रहार भएको हो।  

माईतीघर बाराको कलैयास्थित कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।  पटेलको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।  

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेठाजु रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिएको छ ।  वीरगन्जबाट पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बराका प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस