स्थानीय चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्छ : श्रममन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, ०७ : ३८
स्थानीय चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्छ : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी स्थानीय चुनावमा गठबन्धनबाट साझा उम्मेदवार बनाउन प्रयास गर्नुपर्ने बताएका छन् ।

दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा मन्त्री श्रेष्ठले संसदविरोधी, संविधानविरोधी, अग्रगमनविरोधीहरुलाई परास्त गर्न गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने बताए ।  अहिलेको सत्ता गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गरेको बताउँदै उनले आगामी चुनावमा पनि गठबन्धन कायम रहोस् भन्ने जनताको चाहना रहेको बताए । 

सवैलाई मिलाएर लैजान सक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको क्षमता रहेको चर्चा गर्दै उनले अधिनायकवादको बाटोमा जाने अवस्थाबाट मुलुकलाई सही दिशामा ल्याउन देउवाले खेलेको भुमिकाको नेपाली जनताले स्मरण गरिरहने बताए । 

श्रममन्त्री भएपछि यसक्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरेको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस