एजेन्सी । रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेन द्वन्द्वको सन्दर्भमा अस्तित्वको खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने रुसी प्रशासन क्रेन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चेतावनी दिएका हुन् ।
पेस्कोभले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै कारणहरु पढ्न सक्नुहुन्छ । तसर्थ, हाम्रो देशको अस्तित्वको खतरा भएमा हाम्रो अवधारणा अनुसार यसलाई प्रयोग गर्न सकिन्छ ।’ सीएनएन इन्टरनेसनलसँगको एक अन्तवार्तामा उनले भने ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भन्ने सीएननको प्रश्नमा पेस्कोभको सो भनाई आएको हो ।
युक्रेन हमलाका क्रममा रुसी सेनाले आम विनाशकारी हतियार प्रयोग गर्न सक्ने अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनहरुको त्रास छ । यसअघि पुटिनले राष्ट्रहरू विरुद्ध परमाणु हतियार प्रयोग गर्ने संकेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ चैत्र २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण