चार्ल्स शोभराजको पेसी आज, न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजालसमा

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, ११ : ०१
चार्ल्स शोभराजको पेसी आज, न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजालसमा

काठमाडौं । बिकिनी किलर भनेर चिनिएका अपराधी चार्ल्स शोभराज गुरूमुखको बन्दीप्रत्यक्षीकरण मुद्दाको आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको छ । 

गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए । शोभराज ७७ वर्षीय हुन् । असल चालचलन भएका ७० वर्ष माथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ । सोहीअन्तर्गत उनले कैद छुटको माग गर्दै रिट दिएका हुन् ।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको काठमाडौं र भक्तपुरमा दुई दिनको अन्तरमा भएको हत्या घटनामा उनी दोषी ठहरिएका छन् । उनी सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन् ।

प्रतिक्रिया दिनुहोस