लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसी हमलामा परेको युक्रेनको भ्रमण गर्ने योजना गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमणको योजना गरेका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता र मूल्य जाँच गर्न अधिकारीहरुलाई अनुरोध गरेका छन् ।सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्धक्षेत्रमा यात्रा गर्ने सम्भावनालाई ‘निकै डरलाग्दो’ भएको बताएका छन् । असुरक्षाका कारण १ करोड मानिसहरुले देश छोडेको राष्ट्रसंघका उच्च आयुक्त फिलिप्पो ग्रान्डीले बताएका छन् । सुरक्षा अनुभूति भए जोनसनले भ्रमण गर्न सक्ने विवरणहरुमा जनाइएको छ ।
तर, राजधानी किभको अवस्थाले प्रधानमन्त्री भ्रमणमा गए उनको सुरक्षा सुनिश्चित गर्न कत्ति गाह्रो हुन्छ भन्ने देखाएको छ । मेयर भिटाली क्लिट्स्कोले शहरको पोडिल जिल्लामा बिस्फोटका तस्बीर सेयर गरेका छन् । रुसी सेनाले राजधानमा आवासीय भवन र सैन्य अखडलाई निशाना बनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ चैत्र २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु