क्रिप्टो करेन्सीमा प्रियंका कार्की पनि संलग्न,सिआइबीले थाल्यो छानविन

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १६ : ३१
क्रिप्टो करेन्सीमा प्रियंका कार्की पनि संलग्न,सिआइबीले थाल्यो छानविन

काठमाडौं । नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रिंयका कार्कीमाथि छानबिन थालिएको छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले कार्कीमाथि छानबिन अघि बढाएको हो ।

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा सिआइबीले कार्कीलाई कार्यालयमै बोलाएर छानबिन शुरु गरेको हो । हाल उनको बयान लिने काम भइरहेको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले बताए । ‘क्रिप्टोकरेन्सीलाई प्रवर्धन गर्ने तवरले सामाजिक सञ्जालमा उनको तस्वीर प्रयोग गरिएको पाइएको छ’,उनले भने ।

यससम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार नगर्न सचेत गराउँदै अन्यथा कानुनी कारबाही हुने चेतावनी दिँदै आएको छ । तर,क्रिप्टोको कारोबारी समातिने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस