पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १२ : ५४
पेट्रोलियम पदार्थको  मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ

काठमाडौँ । पेट्रोलियम पदार्थमा भइरहेको उच्च मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगम घेराउ गरेको छ ।

नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिलले आज निगमको टेकुस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने मागसहित अखिलले निगम घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस