काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मातहतका निकायलाई अर्थतन्त्रमा देखिएको समस्या समाधान र पूँजी निर्माणमा केन्द्रित हुन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।
शनिबार महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संचय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतको दोस्रो त्रैमासिक समिक्षा सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।
चाल आर्थिक बर्ष ०७८/७९ को दोस्रो त्रैमासिकका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको तीन निकायले जानकारी गराएका छन् । अर्थमन्त्री शर्माले संस्थागत सुधार, प्रविधिको प्रयोग, प्रविधिको अपडेट गरिरहनेलगायत विषयमा ध्यान दिनुपर्नेसमेत बताए ।
उनले नियम कानूनले सरकारी संयन्त्रलाई बाँधेर राखेको भन्दै सच्याउन निर्देशन दिए । ‘हामी आफैंले बनाएको नियम, कानूनले आफैंलाई बाँध्ने काम गरिरहेका छौं । नियम, विनियम संशोधन गरेर कार्य प्रकृति अनुकुल बनाउनुस्,’ उनले भने ।
उनले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभएपनि बिस्तारै सुधार भइरहेको समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले गरे निजी क्षेत्रसँग भेटवार्ता
अर्थमन्त्रीको पदभारमा पुगेका शालिकरामले जंगिदै भने- पहिला सचिव फेर्नुस्
अर्थमन्त्री रामेश्वर खनाल पहिलो वरीयतामा
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
यथार्थपरक बजेट कार्यान्वयनमा जुट्न मन्त्री र अधिकारीलाई अर्थमन्त्रीको निर्देशन
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री