काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिँदै छ । निर्वाचन आयोगले सामग्री आयातका लागि आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा ५६ प्रकारका सामग्री आवश्यक पर्नेछन् ।
नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिद व्यवस्थापन गर्न निर्वाचन आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ । मतपेटिका भने आयोगसँग मौज्दात नै छ । उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग करिब ६५ हजार मतपेटिका मौज्दात रहेको जानकारी दिए ।
तर, मतपत्रको ढाँचा विगतभन्दा ठूलो भए मौज्दात मतपेटिकामा अटाउन समस्या हुने उनले बताए । आयात गर्नुपर्ने कारणबारे खुलाउँदै प्रवक्ता पौडेलले भने, “नेपालमा उत्पादन नहुने र बढी मात्रामा आवश्यक पर्ने सामग्री खरिद गर्न आपूर्तिकर्तासँग सम्झौता गरिएको हो ।” निर्वाचनबाहेक अन्य काममा प्रयोग नहुने हुँदा ती सामग्रीको उत्पादन नेपालमा हुँदैन ।
निर्वाचन प्रयोजनका लागि मात्रै बढी मात्रामा प्रयोग हुने स्वस्तिक चिह्न, छेकबारा, लाहालगायतका सामग्री आपूर्तिकर्ताले विदेशबाट मगाउनेछन् । आयोगको जिन्सी शाखाका अनुसार स्थानीय निर्वाचनमा छेकबारा ७८ हजार थान, स्टाम्प प्याड दुई लाख चार हजार थान, रबर म्याट ७८ हजार थान, स्ट्याप्लर मेसिन २६ हजार थान र स्वस्तिक छाप दुई लाख आठ हजार थान आवश्यक पर्नेछ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ चैत्र २०७८, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने