काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिँदै छ । निर्वाचन आयोगले सामग्री आयातका लागि आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा ५६ प्रकारका सामग्री आवश्यक पर्नेछन् ।
नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिद व्यवस्थापन गर्न निर्वाचन आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ । मतपेटिका भने आयोगसँग मौज्दात नै छ । उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग करिब ६५ हजार मतपेटिका मौज्दात रहेको जानकारी दिए ।
तर, मतपत्रको ढाँचा विगतभन्दा ठूलो भए मौज्दात मतपेटिकामा अटाउन समस्या हुने उनले बताए । आयात गर्नुपर्ने कारणबारे खुलाउँदै प्रवक्ता पौडेलले भने, “नेपालमा उत्पादन नहुने र बढी मात्रामा आवश्यक पर्ने सामग्री खरिद गर्न आपूर्तिकर्तासँग सम्झौता गरिएको हो ।” निर्वाचनबाहेक अन्य काममा प्रयोग नहुने हुँदा ती सामग्रीको उत्पादन नेपालमा हुँदैन ।
निर्वाचन प्रयोजनका लागि मात्रै बढी मात्रामा प्रयोग हुने स्वस्तिक चिह्न, छेकबारा, लाहालगायतका सामग्री आपूर्तिकर्ताले विदेशबाट मगाउनेछन् । आयोगको जिन्सी शाखाका अनुसार स्थानीय निर्वाचनमा छेकबारा ७८ हजार थान, स्टाम्प प्याड दुई लाख चार हजार थान, रबर म्याट ७८ हजार थान, स्ट्याप्लर मेसिन २६ हजार थान र स्वस्तिक छाप दुई लाख आठ हजार थान आवश्यक पर्नेछ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ चैत्र २०७८, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त
आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय