धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १५ : ४२
धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

जुम्ला  । खानेपानी मन्त्री उमाकान्त चौधरीले २७० किलोमिटर लामो धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको 'मेलम्ची' भएको बताएका छन् ।

जुम्लामा सनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यस गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई बर्षमै सकिन्छ ।’

वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब २६ करोड लागतमा निर्माण हुन लागेको यो आयोजनाले साढे दुई वर्षभित्र स्थानीयको घरघरमा पानीको पहुँच पुर्याउने लक्ष्य राखेको छ । मन्त्री चौधरीले भने, ‘म जुम्लाबासीलाई अढार्इ वर्षभित्रै धौलिगाडको पानी खुवाउँछु । ढिलासुस्ती नगर्न माताहतका कर्मचारीलाई निर्देशन दिएको छु ।’ आयोजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ छ । 

प्रतिक्रिया दिनुहोस