किभ । आफ्ना हवाई रक्षकहरुले रुसका कम्तीमा १२ रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनको सशक्त फौजले दाबी गरेको छ । युक्रेनी फौजले रुसका दुई विमान, तीन ओटा हेलिकोप्टर, तीन ओटा ड्रोन र चार ओटा क्रुज मिसाइल ध्वस्त पारिदिएको दाबी गरेको हो ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी वार्ताको टेबुलमा बस्न रुसलाई आह्वान गरेका छन् । रूसी गोलाबारीले अझै पनि मारिउपोलबाट प्रभावकारी मानवीय कोरिडोर स्थापना गर्न रोकिरहेको राष्ट्रपति उनले बताए ।
रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला जारी राखेको छ । रुसी हमलामा २५ लाख भन्दाबढी युक्रेनीले देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् । रुसी हमलामा सयौंको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झन्डै १०० जना बालबालिका रहेको अनुमान गरिएको छ । हमलाका कारण दैनिक सयौं बालबालिका बिस्थापित हुने गरेको विभिन्न विवरणहरुमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ चैत्र २०७८, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने