चितवनमा सेनाको ट्रकको ठक्करले दिँदा स्कुटीमा सवार दुईजना महिला घाईते, एकको अवस्था गम्भीर

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १० : १०
चितवनमा सेनाको ट्रकको ठक्करले दिँदा स्कुटीमा सवार दुईजना महिला घाईते, एकको अवस्था गम्भीर

चितवन । नेपाली सेनाको ट्रकले ठक्कर दिदा भरतपुरमा स्कुटरमा सवार दुईजना  महिला घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सवा ८ बजे भएको उक्त दुर्घटनामा परि दुई महिला घाईते भएका हुन् । भरतपुरबाट आंँपटारी तर्फ जांँदै गरेको लु १ त नम्बरको सेनाको ट्रक र भित्री बाटो भएर राजमार्गमा निस्किन खोज्ने क्रममा बाईपास रोडमा बाप्र–०६–०१४१८ नम्बरको स्कुटी ठोक्किएको थियो । 

उक्त दुर्घटनामा परि स्कुटरमा सवार भरतपुर ११ निवासी ४५ वर्षिया हेमा श्रेष्ठ र ३४ वर्षिया पुनम श्रेष्ठ घाईते भएका हुन् । उनीहरु मध्ये गम्भीर घाईते भएकी हेमाको पुरानो मेडिकल कलेज र सामान्य घाईते पुनमको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस