चितवन । नेपाली सेनाको ट्रकले ठक्कर दिदा भरतपुरमा स्कुटरमा सवार दुईजना महिला घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सवा ८ बजे भएको उक्त दुर्घटनामा परि दुई महिला घाईते भएका हुन् । भरतपुरबाट आंँपटारी तर्फ जांँदै गरेको लु १ त नम्बरको सेनाको ट्रक र भित्री बाटो भएर राजमार्गमा निस्किन खोज्ने क्रममा बाईपास रोडमा बाप्र–०६–०१४१८ नम्बरको स्कुटी ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परि स्कुटरमा सवार भरतपुर ११ निवासी ४५ वर्षिया हेमा श्रेष्ठ र ३४ वर्षिया पुनम श्रेष्ठ घाईते भएका हुन् । उनीहरु मध्ये गम्भीर घाईते भएकी हेमाको पुरानो मेडिकल कलेज र सामान्य घाईते पुनमको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते