काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरी सरकारले काम गर्ने बताएकी छन् ।
शुक्रबार नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताले परिवर्तनको वास्तविक महशुस गराउनका लागि सरकार र जनप्रतिनिधि इमान्दार हुनुपर्ने बताएकी हुन् ।
जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा सवै जनप्रतिनिधि लाग्नु पर्ने उनको भनाइ छ । उनले नापी र मालपोतका कर्मचारी भन्ने वितिकै जनताले मुख फर्काउने काम गरेको इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई सुझाव दिइन् ।
लालपूर्जाको अभावमा राष्ट्रियताविहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केही नेपाली बञ्चित हुन परेको अवस्था रहेको भन्दै मन्त्रि श्रेष्ठले यसलाई छिटै अन्त्य गरिने धारणा राखिन् । लालपूर्जा वितरण कार्यक्रम सुरु गरेपछि मन्त्रालयले करिब १५ हजारको हाराहारीमा पूर्जा बितरण गरिसहेको उनले जानकारी दिइन् ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका साविक वडा नंवर ६ र ७ का बासिन्दालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १४ : ४८
लेखकबाट थप