होली खेल्ने क्रममा घरबाट खस्दा एक जना गम्भीर घाइते

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, १७ : २४
होली खेल्ने क्रममा घरबाट खस्दा एक जना गम्भीर घाइते

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित दक्षिणढोकामा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार दक्षिणढोकास्थित साढे दुई तलाको घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् ।

प्रहरीले जानकारी दिए अनुसार कक्षा ११ मा अध्ययरत विनिता र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए, भने उनी आज होली खेल्नका लागि आफन्तकोमा गएकी थिइन् ।

गम्भीर घाइते विनितालाई नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको बताइएको छ । उनी घरको छतबाट खस्दा फलामको बारमा बजारिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस