काठमाडौं । काठमाडौंको जोरपाटीस्थित दक्षिणढोकामा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार दक्षिणढोकास्थित साढे दुई तलाको घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् ।
प्रहरीले जानकारी दिए अनुसार कक्षा ११ मा अध्ययरत विनिता र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए, भने उनी आज होली खेल्नका लागि आफन्तकोमा गएकी थिइन् ।
गम्भीर घाइते विनितालाई नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको बताइएको छ । उनी घरको छतबाट खस्दा फलामको बारमा बजारिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईका जिल्लामा आज होली
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ