भारतबाट आयो डा. शर्माको एग्रिमो

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १४ : ४८
भारतबाट आयो डा. शर्माको एग्रिमो

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको नाममा तीन महिनापछि भारतले सहमति (एग्रिमो) पठाएको छ । मंगलबार  भारतले नेपाली राजदूत डा.शर्माको नाममा ‘एग्रिमो’ पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि डा.शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् । सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ (डिसेम्बर १०) मा परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको थियो ।

सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ । भारतका लागि सिफारिस गरिएका शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस