गौ संरक्षणकालागी योगी पिताम्वरको ३० दिवसीय पदयात्रा

प्रकाश सिग्देल

मंगलबार, ०१ चैत्र २०७८, ११ : ३६
गौ संरक्षणकालागी योगी पिताम्वरको ३० दिवसीय पदयात्रा

चितवन । गौ संरक्षणको माध्याम द्धारा धर्म रक्षा एवं राष्ट्र निर्माणका लागी योगी पिताम्वरले ३० दिवसीयय पदयात्रा गरिरहेका छन् । फागुन २४ गते महाकालीको हरीहरघाटबाट सुरु गरेको यात्रा ३० औ दिन पबित्र धार्मीक क्षेत्र देवघाट धाममा आएर समापन हुने योगी पिताम्वरले बताए । स्थानीयलाई गाईको शास्त्रिय र बैज्ञानिक महत्व बुझाई सडकमा भएका गाईलाई ब्यवस्थापन गर्र्न आफुले यात्रा सुरु गरेको योगी पिताम्वर बताए । उनको ३०दिने यात्रामा गाइने शेरबाहदुर आचार्य र धार्मीक ब्यातित्व प्रेम प्रकास अत्रेयले साथ दिएका छन् । उनले नेपालका प्रथम एतिहासिक जगदगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट आर्शिबाद लिएर पदयात्रा थालेका हुन् । योगी पिताम्वर राष्ट्«गुरु योगी नरहरी नाथ आध्यात्मिक परिषदका महासचिव समेत हुन् ।

स्थानीयले जहा जे दिनुहुन्छ त्यही खाने र जहा साझ पर्छ उही बस्ने गरिएको योगी  पिताम्वर बताए् ।  उनले दैनिक २५ देखी ३० किलोमिटर पदयात्रा गरिएको बताए । हिन्दु राष्ट्रको रुपमा संसारभरी नै विख्यात भइसकेको नेपाल सनातान  देखि नै एउटा गौ रक्षक देश भएको र त्यहि भएर नेपाली लाई संसारमा गोरखालीको रुपमा पनि चिनिने गरिएको उनले बताए् ।

धर्म शास्त्र हरु वेद, महाभारत,रामायण, पुराण आदिमा पनि गौ रक्षा नै हाम्रो मुल धर्म रहेको कुरा उल्लेख भएको र  ऋषिमुनीहरुले तपस्यामा अनिवार्य गाईको पनि सेवा गर्दै ब्रम्ह ज्ञान प्राप्त गरेको कुरा शास्त्रहरुमा उल्लेख भएकाले गाईको सेवा गर्ने अभियानमा लागेका योगी लाई आफुले साथ दिएको पदयात्री शेरबहादुर आचार्य बताउछन् ।

राजा दिलीपले गाई कै सेवा गरेर धन , पद , पुत्र प्राप्त गरेको कुरा शास्त्र हरुमा वर्णन गरेको पाइन्छ । हाम्रा धर्म शास्त्र मा गाईलाई माताको रुपमा पुजिने र गवत र गोबरलाई परम पवित्र मान्नुको पछाडि कुनै  बिशेष रहस्य लुकेको  बताए।

भगवान शिव स्वयम् गोरखनाथको अवतार लिएर गाईको संरक्षण गर्नु भएको थियो भने स्वयम् भगवान नारायण श्री कृष्णको अवतार लिनुभएर एउटा गोठालोको जीवन यापन गर्नुभएको कुरा हामीले पुराणहरुमा प्रस्सतै उल्लेख गरेको पाउदछौ । आयुर्बेद शास्त्रमा पनि गाईको महत्वको बारेमा उल्लेख गरेको पाईन्छ ।

गौ माता मानव कल्याणको लागि मात्र नभएर  सिङ्गो प्रकृतीकै रक्षकको रुपमा मानिन्छ ।  विश्व प्रसिद्ध वैज्ञानिक आइन्टाइनको पेन वेभ थेवरीमा पनि गाईको महत्व उल्लेख गरेको योगी पिताम्वरले बताए ।

 

प्रतिक्रिया दिनुहोस