एजेन्सी । युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् । ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ ।
मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् ।पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए ।
रुसी हमलामा अहिलेसम्म ३६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ ओटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
यसैबीच सोमबार रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १३० जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ चैत्र २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने