एजेन्सी । युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ।
रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो।
युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन्। युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन्।
सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए। यसबारे युक्रेनले प्रतिक्रिया दिएको छैन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ चैत्र २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी