बरिष्ठ समाजसेवी टंकनाथ पौडेलद्वारा वन मान्छेलाई खानेपानी पाईप हस्तान्तरण

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, ११ : ४६
बरिष्ठ समाजसेवी टंकनाथ पौडेलद्वारा वन मान्छेलाई खानेपानी पाईप हस्तान्तरण

चितवन । ईच्छाकामना गाउँपालिका वडा नम्वर ७ स्याग्तीका वन मान्छेका रुपमा परिचित पदम बहादुर चेपाङको परिवारलाई खनेपानीको पाईप सहयोग भएको छ । बरिष्ठ समाजसेवी टंकनाथ पौडेलले दुई घर परिवारका लागि खानेपानीको ५ सय मिटर पाईप प्रदान गरेका हुन ।

ईच्छाकामना गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष बम बहादुर थापा मगर निबेदन सहित आफु कहा आएपछि तुरुन्तै आफुले पाईप लगेर स्थानियलाई हस्तान्तरण गरेको पौडेलले बताए । 

खोलाबाट पानी बोकेर खानु पर्ने बाध्यतामा रहेको परिवारको लागि घरैमा खानेपानीको सहज पहुँचका लागी ५०० मिटर पाईप प्रदान गरेको र्पौडेलले बताए । बरिष्ठ समाजसेवी पौडेलले खानेपानीको पाईपको प्रबन्ध गरेर धेरै ठुलो गुन लगाउनु भएको स्थानिय मान बहादुर गुरुङले बताए । सो क्षेत्रमा चेपाङ समुदाय रहको र उनिहरुको जिवन निकै असहज रहेको उनको भनाई छ । लकडाउनका बेला पोडेलले उक्त परिवारलाई खाधन्न सहयोग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस