स्पेनिस लिग फुटबलमा बार्सिलोना विजयी

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, ११ : १०
स्पेनिस लिग फुटबलमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फेरान टोरेसले दुई गोल गर्दा पिएरे एमरिक औबामायङ्ग र पुइग मार्टीले १-१ गोल गरेका थिए । ला–लिगाकै अन्य खेलहरुमा सेभियाले रायो भायकानोसँग १–१ गोलको बराबरी खेल्दा रियाल बेटिसले एथ्लेटिक बिल्बाओलाई तथा रियाल सोसिडाडले आलाभेजलाई १–० ले हराएका छन् ।

गएरातिका खेलहरुपछि ला–लिगाको अंक तालिकामा २७ खेलबाट ६३ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा यथावत छ ।एक खेल बढी खेलेको सेभिया ५६ अंकसहित दोस्रो स्थानमा रहँदा २७ खेलबाट ५१ अंक जाेडदै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस