जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गर्यो राजमार्गमै सवारी साधनको यात्रिक परिक्षण

दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा

प्रकाश सिग्देल

आइतबार, २९ फागुन २०७८, १७ : ३३
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गर्यो राजमार्गमै सवारी साधनको यात्रिक परिक्षण

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले राजमार्गमा हुने दुर्घटना न्युनिकरणका लागी बिशेष रणनीति बनाएर काम गरिरहेको छ । सिमित जनशंक्तिका बाबजुत पनि सुरक्षित यात्रा अभियानलाई बिशेष ध्यान दिई सडक सुरक्षा रणनीति बनाए काम गरेको ट्राफिक प्रमुख भगवान थापाले बताए । आइतबार चितवन अटो मेकानिकल ब्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा सार्वजनिक यात्रुबहाक तथा मालबाहक सवारी साधनहरुको यान्त्रिक परिक्षण र ट्राफिक सचेतना कार्यक्रम रामनगरमा गरिएको छ ।

३१ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरिएको र त्यसमा सामान्य खालका समस्याहरु देखा परेको मेकानिक्स केदार बस्यालले बताए । ब्रेक लाईनिगं, ट्राईरेड, टायरमा समस्या , लाइटमा समस्या देखा परेको उनको भनाई छ । यो कार्यक्रमले चालकलाई सचेतना प्रदान गर्ने र बाटोमा चेकिगं हुने हँुदा चालकले पनि गाडी मर्मतमा बिशेष ध्यान दिने र यसले यात्रा सुरक्षित समेत हुने उनको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवान थापाले बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको बताए । चितवनको राजमार्गमा हुने दुर्घटनाका कारण धेरैले ज्यान गुमाउनु परेकाले सवारी दुर्घटना हुन नदिनका लागि राजमार्गमा यान्त्रिक परिक्षण गरिएको उनको भनाई छ । यसरी परिक्षण गर्दा  सवारी साधन कस्तो स्थितिमा छ, त्यसको थाहा हुने  र तुरुन्तै मर्मत गर्न पठाईने भएकाले यसबाट दुर्घटनाको जोखिम कम हुने थापाले बताए । बीच बाटोमा सवारी बिग्रने वा दुर्घटना हुने जोखिम कम गर्न र चालकलाई सचेतना दिनुनै आफुहरुको मुल उदेश्य भएको थापाले बताए ।

राजमार्गमा गुड्ने साना तथा ठुला सवारीको मेकानिकलहरु मार्फत यान्त्रिक परिक्षण गर्दा समस्या देखिए बनाएर मात्रै चलाउन निर्देशन गरिएको उनको भनाई छ । यसरी राजमार्गमा यान्त्रिक परिक्षण गर्दा आफुहरुलाई पनि यसले धेरै फाईदा पुगेको चालक किसोर थापाले बताए । यस्तो कार्यक्रम हरेक दिन हुनु पर्ने उनी बताउँछन् । राजमार्गमा सरकारी सवारी साधनको समेत यान्त्रिक परिक्षण गरी सचेतना प्रदान गरिएको थियो ।

 

   

प्रतिक्रिया दिनुहोस