काठमाडौं : नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन आजदेखि काठमडौंमा सुरू हुँदैछ। ‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संर्घषको योजनासहित जुझारू नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ भन्ने नारासहित सुरू हुने महाधिवेशनको उद्घाटन धुम्बाराहिस्थित एक पार्टी प्यालेसमा आइतवार दिउँसो १ बजे हुने अध्यक्ष मोहन गोलेले जानकारी दिए।कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महाधिवेशन आजदेखि सुरू हुन लागेको हो।
चैत १ गतेसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।महाधिवेशनमा स्थानीय तह, प्रदेश, जिल्ला समन्वय समिति र प्रवास समितिका गरी करिब ८०० जना प्रतिनिधि सहभागी हुनेछन्। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष गोले, वरिष्ठ उपाध्यक्ष बेलीमाया लामा, उपाध्यक्ष कुमारसिंह घिसिङ, अमीर मोक्तान, रामकृष्ण ब्लोन र काजीमान थिङको दाबी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, १५ : २९
लेखकबाट थप