एजेन्सी । रासायनिक यस्तो हतियार हो, जसमा मानव शरीरमा प्रतिकुल असर गर्ने विषाक्त एवं रासायनिक तत्व समावेश हुने गर्छ । रासायनिक हतियारको कयौँ श्रेणी हुन्छ । केही रासायनिक हतियार यस्ता हुन्छन् जसमा मानिसको स्वासमा असर पार्ने रासायनिक ग्यास जस्ता तत्व पाइन्छ । यसले मानिसको फोक्सो र स्वासतन्त्रमा आक्रामण गर्छ, जसबाट मानिसको मृत्युसमेत हुने गर्छ ।
केही रासायनिक हतियार जस्तै मस्टर्ड ग्यासले मानिसको छाला पोल्नेखालको हुन्छ । सबै भन्दा खतरनाक रासायनिक हतियार नर्भ एजेन्ट हुन्छन्, जसले मानिसको दिमाग र उसको शरीरबीचको सम्बन्धमा हमला गर्छ । यी रासायनिक हतियारको अत्यन्त थोरै मात्रा पनि मानिसका लागि घातक साबित हुन सक्छ ।
नर्भ एजेन्ट भिएक्सको ०.५ मिलिग्राम भन्दा पनि कम मात्रा एक वयस्कको ज्यान लिन पर्याप्त हुन्छ । युद्धको समयमा यी सबै रासायनिक एजेन्ट आर्टिलरी शेल बम र मिसाइलको माध्यबाट प्रयोग गर्न सकिन्छ ।तर केमिकल वेपन कन्भेन्सन १९९७ का अनुसार यसको प्रयोग प्रतिबन्धित छ । रुस समेत विश्वका कयौँ देशले यो महासभामा हस्ताक्षर गरेका छन् । यो महासभामा हस्ताक्षर गरेकैले रुसले जारी युक्रेन युद्धमा यो हतियार प्रयोग गर्न पाउँदैन । तर, पनि यसको प्रयोगबारे टिकाटिप्पणी हुने गरेका छन् ।
विश्वभरी यी हतियारको अवैध प्रयोगमा निगरानी गर्ने र यसको प्रसारमा रोक्ने दिशामा कामगर्ने संस्था अर्गजाइजेशन फर द प्रोहिबिसन अफ केमिकल वेपनको कार्यालय नेदरल्यान्डको हेगमा छ ।
यो भन्दा पहिले यसको प्रयोग प्रथम विश्व युद्ध, ८० को दशकमा भएको इरान–इराक युद्ध र हालैमा सिरियाली सरकारद्वारा विद्रोहीको बिरुद्धमा प्रयोग गरिएको छ । रुसका अनुसार उसले २०१७ मा आफ्नो बाँकी रासायनिक हतियार नष्ट गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २९ फागुन २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
'टर्कीमा वार्ता गर्दै रुस र युक्रेन'
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन