नबिल बैंकद्वारा एसएमई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, ११ : १३
नबिल बैंकद्वारा एसएमई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

काठमाडौँ  ।  नबिल बैंकले प्रदेश नं १ स्थित बैंकको शाखा कार्यालयअन्तर्गतका साना तथा मझौला ऋणिहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतुका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ।

बैंकले आफना ग्राहकहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ।इटहरीमा आयोजित उक्त तालिममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको समीक्षा गर्दै सहभागीहरुले यस किसिमको तालिम आफ्नो व्यवसायिक क्षमता वृद्धि गर्न अति नै उपयोगी भएको र एकापसमा अनुभव तथा ज्ञानको आदानप्रदान भएको जानकारी गराए।

बैंकले आफ्नो एसएमई ग्राहकहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास एवं विस्तारका साथै बैंक र ग्राहकबीचको दिगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम आयोजना गरेको र आगामी दिनमा समेत यस्ता किसिमका ग्राहकमुखी कार्यक्रम सञ्चालन गरिने नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेतले बताए उनले ग्राहकमुखी कार्यक्रम सञ्चालन गरी बैंकले नाफारहित बैंकिङको अवधारणाअनुरुप आफ्नो दिगो बैंकिङको लक्ष्य प्राप्त गर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस