हिमालयन बैंक नेपालपे क्युआरमा आवद्ध

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, ११ : ०४
हिमालयन बैंक नेपालपे क्युआरमा आवद्ध

काठमाडौँ ।  हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङमा एकीकृत नेपालपे क्युआरको सफल रुपमा अन्तरआवद्धता कायम गरेको छ। अब बैंकका ग्राहकहरुले एचआई–एमबीको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआर स्क्यान गरेर क्युआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्।

साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्युआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपेलगायतका लागि अन्तरसञ्चालनशिलता तथा अन्तरआबद्धता कायम हुने गरी एग्रिगेटेड क्युआर पनि स्वीकार गर्ने कार्यको थालनी गरेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्युआर स्थापना र एनसीएचएलद्वारा सञ्चालित हो, जसअन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्युआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

वाणिज्य बैंकमध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी नेपालपे क्युआरलाई एग्रिगेटेड क्युआरको रुपमा लागु गर्ने हिमालयन बैंक पहिलो बैंक रहेको छ। बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट एचआई–एमबी अथवा नेपालपे क्युआरमा आबद्ध अन्य उपकरणहरुमार्फत् सीधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन्।

यसरी हिमालयन बैंकको मोबाइल बैङ्गिकमा क्युआर जोड्दा र एग्रिगेटेड क्युआरमा मर्चेन्ट एक्वाएर गर्दा रिटेलस्तरमा हुने विद्युतीय भुक्तानीमा थप वृद्धि हुने आशा गरिएको छ।

हिमालयन बैंकले भिसा, मास्टरकार्ड, अमेक्स, युनियनपे, एसीसीटीका कार्डहरु जारी गर्नुका साथै ती कार्डका कारोबारहरु स्वीकार पनि गर्दै आएको छ। बैंकको नेपालभर १५२ वटा एटीएम र ५ हजारभन्दा बढी पीओसहरु उपलब्ध रहेका छन्। 

प्रतिक्रिया दिनुहोस